प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन


१८ फाल्गुन २०७७, मंगलवार १५:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।

एक वर्ष अघि सञ्चालनमा आएको झापाको विर्तामोडमा रहेको क्यान्सर अस्पतालको आज प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन् । अस्पताल सञ्चालनमा आएसँगै पूर्व क्षेत्रमा रहेको क्यान्सरका बिरामीहरू भारत जानुपर्ने वा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।

अस्पताल उद्घाटनमा प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरू भानुभक्त ढकाल, गोपालमान श्रेष्ठ, प्रभु साह, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनिषा कोइराला लगायतको पनि उपस्थित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here