विर्तामोड वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायी प्यानलको अग्रता


१७ फाल्गुन २०७७, सोमबार ०७:५७ मा प्रकाशित

विर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघ झापाको आइतबार सम्पन्न चुनावको मतगणनामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी प्यानलले अग्रता कायम गरेको छ ।

आज विहान ६ बजेसम्म १३६७ मत गणना सम्पन्न हुदाँ लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले ८०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले ५३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले ७७८ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले ५४४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले ७०८ र संयुक्त प्यानलका प्रकाश घिमिरेले ६०३ प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरेले ८४० मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका रामकृष्ण अधिकारीले ४४५ मत प्राप्त गरेका छन् ।

महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले ६७२ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले ६३० मत प्राप्त गरेका छन् । उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले ९३३ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ३६१ मत प्राप्त गरेका छन् । वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले ६७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले ६२२ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले ७९६ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका दुर्गाप्रसाद खतिवडाले ५०८ मत प्राप्त गरेका छन् । महिलातर्फको सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले ७१५ मत प्राप्त गर्दा संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले ५७२ मत प्राप्त गरेकी छन् ।

बेलुकी करिब १० बजेबाट सुरु भएको मतगणना बिहान ६ बजे २ घण्टाका लागि स्थगित भएको छ । स्थगीत भएको मतगणना ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

आगामि ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आइतबार भएको निर्वाचनमा ८४.८० प्रतिशत मत खसेको थियो । निर्वाचनमा १९ सदस्यीय कार्यसमितिका लागि ३९ जनाले उम्मेद्वारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here