विर्तामोड उद्योग वाणिज्य संघ झापाको निर्वाचनमा ८४.८० प्रतिशत मत खस्यो


१६ फाल्गुन २०७७, आईतवार १८:५५ मा प्रकाशित

झापा । विर्तामोड उद्योग वाणिज्य संघ झापाको निर्वाचन सम्पन्न भएको छ ।

आगामि ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आइतबार भएको निर्वाचनमा ८४.८० प्रतिशत मत खसेको जनाइएको छ । कूल ४ हजार ५५० मतदाता संख्या रहेको वाणिज्य संघमा ३ हजार ८४९ मत खसको विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन समितिले जनाएको हो ।

विहान ८ बजे देखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा व्यवसायीहरुले मतदान गरेका थिए । आज राती देखिनै अतिथि सदनमा मतगणना शुरु गरीने र यसका लागि जनशक्ति तथा सुरक्षा व्यवस्था मिलाईएको प्रमुख निर्वाचन अधिकृत शेखरप्रसाद ढकालले जानकारी दिए ।

नयाँ कार्यसमितिका लागि प्रकाश शिवाकोटीको नेतृत्वमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी प्यानल र सुवास भट्टराईको नेतृत्वमा नेकपा, राप्रपा निकट संयुक्त व्यवसायी प्यानल चुनावी प्रतिस्पर्धामा रहेको छ । १९ सदस्यीय कार्यसमितिमा ३९ जनाले उम्मेद्वारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here