विर्तामोड । विर्तामोड उद्योग बाणिज्य संघ झापाको नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनको मतदान जारी छ । आगामी तीन बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
निर्वाचनमा पूर्वअध्यक्ष ११ जना सहित कुल ४ हजार ५ सय ५० जनाले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत शेखरप्रसाद ढकालले बताए । ढकालका अनुसार मतदान साँझ ५ बजेसम्म हुने छ । मतदान विर्तामोडको अग्रसेन भवनमा भइरहेको छ ।
संघको नयाँ नेतृत्वका लागि सुवास भट्टराईको नेतृत्वमा नेकपा र राप्रपा निकट संयुक्त व्यवसायि प्यानल र प्रकाश सिवाकोटीको नेतृत्वमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायि प्यानल चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन प्रकृयाबाट अध्यक्ष १,वरिष्ठ उपाध्यक्ष १,उद्योग उपाध्यक्ष १,वाणिज्य उपाध्यक्ष १,जनसम्पर्क उपाध्यक्ष(महिला)१,महासचिव १,उद्योग सचिव १,वाणिज्य सचिव १, कोषाध्यक्ष १,सहकोषाध्यक्ष(महिला) १,सदस्य खुल्ला ७ र सदस्य महिला २ जना गरी १९ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
अवस्था सामान्य भए निर्वाचन सकिए लगत्तै मतगणना सुरु गरीने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन प्रकृयालाई चुस्त बनाउनका लागी एक मुख्य अधिकृत,१६ जना निर्वाचन अधिकृत सहित कूल ४२ जनाको निर्वाचन टोली तथा आवस्यक संख्यामा शुरक्षाकर्मी खटाइएको छ ।





