प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्न असम्भव: सूर्य थापा


१३ फाल्गुन २०७७, बिहीबार १३:४९ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएका छन् ।

नयाँ सरकारको नेतृत्व दाहाल–नेपाल खेमाका पुष्पकमल दाहाल वा माधव कुमार नेपाल हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार गठन सम्भव नभएको बताएका छन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड–माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हुने टिप्पणी गरेका छन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ ।

यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको । अरू हेर्दै जाऔं,’ थापाले फेसबुकमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here