करेन्ट लागेर खोटाङका एक व्यक्तिको मृत्यु


१३ फाल्गुन २०७७, बिहीबार १३:१६ मा प्रकाशित

खोटाङ । माछा मार्ने क्रममा करेन्ट लगाएर खोटाङका एक व्यक्तिको मृत्यु भएको छ ।

खोटाङको साकेला गाँउपालिका–४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रावाबेसी गाँउपालिका १ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here