झापा । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ ।
मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो । यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो ।
भेलाले थप दुई जना गंगा बराल र प्रकाश पौडेललाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सचिवमा विनोद सापकोटा, सहसचिवमा उमानाथ भण्डारी, राम निरौला र सागर गौतमलाई जिम्मेवारी दिएको हो ।
भेलाले कोषाध्यक्षमा गीता ढुङ्गाना र सदस्यहरुमा रमेश तिवारी, सुदिप अधिकारी, प्रणित पुडासैनी, भुमिराज पराजुली, तिलक योञ्जन, केशवराज भण्डारी, अच्यूत सुवेदी, सुनिरा मैनाली, उर्मिला गौतम, सन्तोष न्यौपाने, दिपक सुवेदी, राजु पोखरेल, सरोज चम्लागाई, रुपा बुढाथोकी, कोपिला तिवारी, युवराज आचार्य, सरोज पौडेल, पुस्कर गुरागाई, अनिल वाग्ले, टिका पोखरेल, छेत्रलाल राजवंशी, मिलन अधिकारी र सुष्मा तिखत्रीलाई चयन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दिपक कार्की, प्रेस संगठनका प्रदेश १ इञ्चार्ज लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पोखरेल, झापा इञ्चार्ज माधव विद्रोही, युवा नेता शिव ढुङ्गेल, केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली, पत्रकार लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक प्रदीप परियारले गरेका थिए । भेलामा व्यवसायिक पत्रकारिता, पत्रकारका अधिकार र आगामी निर्वाचनका सन्दर्भका चर्चा गरिएको थियो ।





