वीरता लेडी जेसीजको आयोजनामा माइन्युट लेखन तालिम सम्पन्न


१० फाल्गुन २०७७, सोमबार २०:३३ मा प्रकाशित

झापा । वीरता लेडी जेसीजको आयोजनामा माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पूजा काफ्ले खरेलले आस्था वाचन गरेका थिए भने कार्यक्रम संयोजक अर्चना राउतले स्वागत र मेनुका ओलीले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुष्मा भण्डारी पौडेल, सुरुङ्गा जेसीजकी अध्यक्ष उसायदुका उप्रेती, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेको तालिममा राजवंशी महिला समाज बिर्तामोड, छठ महिला मञ्च, सुन्दर आमा समूहका सदस्यसहित ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here