नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ।
यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए। तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन्।
सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाएका छन्। दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ।





