आज भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै


९ फाल्गुन २०७७, आईतवार ०७:४७ मा प्रकाशित

काठमाडौं । कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउन लागेको जानकारी दिए। उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

त्यसैगरी, औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाइकर्मीलाई पनि लगाउने पाउने निर्णय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here