झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा २८५७ औं सोनाम ल्होछार पर्वको अवसरमा तामाङ जागरण तथा शुभकामना आदान कार्यक्रम सम्पन्न भएको छ । मञ्जुश्री पात्रो अनुसार २८५७ औं सोनाम ल्होछार अर्थात नयाँ बर्षको अवसरमा नेपाल तामाङ घेदुङ बुद्धशान्ति गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
आगामि राष्ट्रिय जनगणनामा तामाङ जाति,तामाङ भाषा र बौद्ध धर्म लेखौँ र लेखाउँ भन्ने मुल नाराका साथ मञ्जुश्री पात्रो अनुसार २८५७ औं सोनाम ल्होछार पर्व मनाइएको हो । नेपाल तामाङ घेदुङ बुद्धशान्ति गाउँपालिकाको आयोजनामा टिमाई सामुदायीक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङ भाषा साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङ तामाङले तामाङ जातिको अस्तित्व र पहिचान संरक्षणमा जोडदिनुपर्ने बताए । तामाङ समुदायको भाषा,धर्म सस्कृतीका बिषयमा प्रकास पार्दै उनले कानुन निर्माण तथा राज्य संचालन संयन्त्रका विषयमा तामाङहरुले आफुलाई दक्ष राख्न सक्नुपर्नेमा जोड दिए । उनले बिस्तारै लोप हुने संघारमा जान लागेको तामाङ संस्कृतीको जर्गेनासंगै थप विकास गर्नका लागि अहिले आफुहरु जागरण अभियानमा लागेको बताए ।

प्रमुख अतिथी थिङले तामाङ पहिचानको विस्तार र विकासका लागि राष्ट्रिय जनगणना २०७८मा तामाङ जाति,तामाङ भाषा र बौद्ध धर्म लेखाउन सबैलाई प्रेरीत गर्नु पर्ने बताए ।
कार्यक्रमका बिषेश अतिथी नेपाल तामाङ घेदुङ प्रदेश १ का अध्यक्ष रेखबहादुर घिसिङ तामाङले प्रजातन्त्र स्थापना अघि निर्माण भएको मुलुकी ऐनले तामाङ जातिलाई अवहेलना गरेको भन्दै अब तामाङ समुदाय शिक्षित र सक्षम भएकाले कुनैपनि किसिमको अवहेलनाको प्रतिवाद गर्ने बताए ।
नेपाल तामाङ घेदुङ बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मेन थिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश १ का सल्लाहकार देवराज ग्याबक तामाङ,घेदुङका प्रदेश सचिव तिलक पाख्रीन तामाङ,प्रदेश सदस्य मदन डुम्जन तामाङ,बुद्धशान्ति घेदुङका पूर्व अध्यक्ष तथा जनप्रतिनिधि भक्त ग्लान तामाङ,बर्तमान सचिव देविधोज योञ्जन तामाङ लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार गायीका रेणु मोक्तान सहितका बिभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।





