कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै


३ फाल्गुन २०७७, सोमबार ०८:४० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ ।

संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल पनि गरेका छन्।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ। पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’ देउवाले भनेका छन्।

नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here