बाँस आवास सम्बन्धि झापामा छलफल र अनुगमन


२ फाल्गुन २०७७, आईतवार १९:५५ मा प्रकाशित

झापा । बाँस आवास सम्बन्धि जिल्ला स्तरीय परियोजना तर्जुमा तथा परामर्श समन्वय बैठक झापामा सम्पन्न भएको छ । काठ तथा कंक्रिटको प्रयोगमा घर निर्माण गर्दा बढी लगानी लाग्ने भएकाले सिमान्तकृत, गरिब बिपन्न तथा आवासविहिनहरुको निमित्त निर्माण भइरहेको घरहरु बिषयक जिल्ला स्तरीय परियोजना तर्जुमा तथा परामर्श समन्वय बैठक आइतबार भद्रपुरमा सम्पन्न भएको हो । बैठकमा सहभागीहरुले कम लागतमा पनि गुणस्तरीय र उपयुक्त घर निर्माण हुने भएकाले सुकुम्बासी तथा आवास विहिनहरुलाई सुरक्षित घरमा सार्नका लागि बाँस,आवास महत्वपूर्ण हुने बताएका छन् । सहारा नेपालसंगको सहकार्यमा ह्याविट्याट नेपालले पूर्वी नेपालको बिभिन्न जिल्लामा निर्माण गरेको घरहरु प्रभावकारी रहेको भन्दै बाँस,आवास कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन कार्यक्रममा सहभागी झापाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले माग गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ र्पोतेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, ब्राहदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशी,गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराज श्रेष्ठ,कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल लगायतका जनप्रतिनिधीहरुले स्थानीय तहमा लागत साझेदारीमा आवास निर्माण गर्न सहारा नेपाल र ह्यावीट्याट नेपालका प्रतिनिधीहरुसंग माग गरेका थिए । कार्यक्रममा ह्यावीट्याटका प्रोग्राम अपरेशन म्यानेजर रामप्रकाश सिहं दनुवारले संस्थाले लागु गरेको नियम अनुरुप साझेदारीमा आवास निर्माणका लागि पहल गर्ने बताएका थिए ।

बैठक अघि जिल्ला समन्वय समिति प्रमुख सोमनाथ र्पोतेल,विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी सहित झापाका बिभिन्न पालिकाका प्रमुख उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,जिल्लाका प्रहरी प्रमुख,सहारा नेपालका अध्यक्ष,सचिवसहित प्रतिनिधीहरु र ह्यावीट्याट नेपालका प्रतिनिधिसहित संचारकर्मी सम्मिलित टोलिले विर्तामोड नगरपालिका ७ मा मुसहरहरुका लागि बाँसको प्रयोगबाट निर्माण भएको ३७ वटा नमुना आवासको अवलोकन गरेको थियो ।

सहारा नेपालको सहयोगमा ह्यावीट्याटले सरकार तथा साझेदार संस्थासंगको लागत साझेदारीमा हालसम्ममा झापा,मोरङ र सुनसरीका ५ वटा पालिकामा ५ सय ६४ वटा बाँस आवास निर्माण गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here