काठमाडौं । नेपालमा शुक्रबार थप १ सय २७ जनामा कोरोना पुष्टि एको छ ।
यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुँदा हालसम्म नेपालमा दुई हजार ५४ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ सय ३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ लाख ६८ हजार ७ सय ९६ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ सय ७ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म २१ लाख ११ हजार ६४९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





