म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध


२९ माघ २०७७, बिहीबार ०७:५९ मा प्रकाशित

काठमाडौं । अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कु’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार(व्यवसायप्रति लक्षित रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साताभित्र गरिसक्ने पनि बाइडनले बताएका छन्।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चाल्न लागिएको जनाइएको छ ।

‘कु’ पछि म्यानमारमा सैनिक सत्ताविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । तर, प्रदर्शनकारीलाई सैनिकले दमन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here