राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुदैं


२९ माघ २०७७, बिहीबार ११:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन ।

एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । ८ खेलबाट उसको २४ अंक भएको छ ।

हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८-० ले पराजित गर्यो । ८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ ।

१० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here