राष्ट्रिय महिला फुटबल लिगमा चन्द्रपुरविरुद्ध एपीएफ विजयी


२८ माघ २०७७, बुधबार २०:०५ मा प्रकाशित

 

काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ ।

बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here