मंगलबार थप १ सय ६० जनामा कोरोना पुष्टि


२७ माघ २०७७, मंगलवार १६:२१ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार थप १ सय ६० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म नेपालमा दुई हजार ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६८ हजार ४३१ जना निको भएका छन् ।

त्यस्तै हाल १७ सय ३७ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमाा छन् । त्यस्तै हालसम्म २१ लाख १ हजार ५९ वटा पिसिआर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here