हराएका २५ मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण


२७ माघ २०७७, मंगलवार १४:५४ मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सम्बन्धित मोटरसाइकल धनीले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा फेला परेका मोटरसाइकलसम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट उक्त मोटरसाइकल फेला पारेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here