नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या


२७ माघ २०७७, मंगलवार १३:२२ मा प्रकाशित

 

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ ।

साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ ।

कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट (टिएमएस) नामक सफ्टवेयर लिएर अनलाइन कारोबार गर्दै आएका लगानीकर्ताहरु अलमलमा परेका छन् ।

सेयर बजारका सक्रिय लगानीकर्ता प्रविण श्रेष्ठले टिएमएस र नेप्सेमा फरक तथ्यांक देखिदा कारोबार गर्नै डर लागेको बताए ।

नेप्सेको वेवसाइटमा कारोबार रकम १ अर्ब ५४ करोड रुपैयाँ भन्दा धेरै पुगिसक्दा समेत टिएमएसमा भने ९० करोड ७६ लाख रुपैयाँमात्रै देखाएको छ । (यहाँ ठूला लगानीकर्ताहरुको चलखेल पनि हुनसक्छ । कारोबार टर्नओभर नै फरक देखिनुमा शंका गर्ने ठाउँ छ’ उनले भने, ‘यसले गर्दा मैले सेल डिशिजन नै लिन सकिरहेको छैन ।’

अनलाइन कारोबार प्रणालीमा यस अघि पनि समस्या आउने गरेको थियो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समस्याका विषयमा बुझ्ने बताए । कुनै त्यस्तो समस्या आउ तत्कालै समाधान गर्न बोर्डले नेप्सेलार्य निर्देशन दिने उनले बताए ।

पहिले पनि यस विषयमा गम्भीर हुन नेप्सेलाई भनिएको भन्दै उनले भने, ‘हामीले अपग्रेड गर्नुपर्ने भए गर्नुपरो भनिसकेका छौँ, अहिले पनि थप बुझेर हामी आवश्यक निर्देशन दिन्छौंँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here