अर्जुनधारा । झापाली समाज कतारले झापाको अर्जुनधारा २ का क्यानसर पीडित बालकको उपचारमा आर्थिक सहयोग गरेको छ । समाजले सोमबार झापाको अर्जुनधारा २ का क्यानसर पीडित ९ बर्षीय बालक प्रशन सुनारलाई एक लाख १ सय ५ रुपैंया आर्थिक सहयोग गरेको हो ।
अर्जुनधारा २ नम्बर वडाका वडाध्यक्ष रघुनाथ खनाल, झापाली समाज कतारका संस्थापक अध्यक्ष तथा प्रवासी समाज झापाका अध्यक्ष गणेश काफ्ले, कार्यसमिति सदस्य सुर्दशन रोक्का, समाजका सहयोगी सुजन खड्का लगायतले संयुक्त रुपमा उक्त रकम पीडित बालकका बुबा बिष्णु सुनार तथा आमा सन्तोषी सुनारलाई प्रदान गरेका हुन् ।
आर्थिक अवस्था नाजुक भएका पीडित बालकलाई उपचारमा केहि सहज होस भन्ने हेतुले समाजले सहयोग गरेको समाजका कार्यसमिति सदस्य सुर्दशन रोक्काले बताए ।
ब्रोन म्यारोको क्यानसरबाट पीडित बनेका विपन्न सुनारका बारेमा अर्जुनधारा सेवा समाजका अध्यक्ष गणेश दुलालले समाजलाई जानकारी गराएका थिए ।
समाजले समाजिक उत्तरदायित्व तथा मानविय भावनाले सुनारलाई सहयोग गरेको जनाएको छ ।





