काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन् ।
बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आज बिहान ११ बजे आयोग जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटनसँगै नेकपाको आधिकारिकता विवाद बल्झिएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेको यो पहिलो पटक हो ।
आयोगले यसअघि नेकपाका दुवै पक्षका शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो । तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल पक्ष दलबलसहित निर्वाचन आयोग पुगेको थियो ।





