झापामा चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने १ जना पक्राउ


२६ माघ २०७७, सोमबार २०:०१ मा प्रकाशित

झापा । चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बैँकको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् ।

पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखा काठमाण्डौमा मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका बि.कको साथबाट नगद ३ लाख ५६ हजार ७१० रुपैयाँ,घरको दराजमा राखेको अवस्थामा २ लाख ८ हजार २०० रुपैयाँ र घर पछाडी गाईको ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी लुकाएको अवस्थामा ८ लाख ३० हजार ३०५ रुपैयाँ गरि जम्मा १३ लाख ९५ हजार २१५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

ठगीको आरोपमा पक्राउ परेका बि.कलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमाडांै पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here