सवारी दुर्घटना हुँदा शिवसताक्षीका १ जनाको मृत्यु


२२ माघ २०७७, बिहीबार १४:०० मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बुधवार राती पौने ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका थिए । मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका–११ का ४१ बर्षीय पुर्ण कुमार कडरियाको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here