बिर्तामोडको कुरकुरे फ्याक्ट्रीमा भीषण आगलागी


२२ माघ २०७७, बिहीबार १३:३९ मा प्रकाशित

झापा । बिर्तामोडको श्याम फुड एन्ड बेवरेजेज फ्याक्ट्रीमा बुधबार मध्यरातमा भीषण आगलागी भएको छ।

आगलागीबाट करोडौँ मूल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

बिर्तामोड नगरपालिका २ चैतुबारी लालमाटि स्थित अर्जुनधारा ८ निवासी नवीन घतानीले सञ्चालन गरेको कुरकुरे, स्न्याक्स, चिज बल बनाउने फ्याक्ट्रीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

बुधवार राति करिब ११ बजेर ४० मिनेटमा लागेको आगो बिर्तामोड, मेचीनगर, भद्रपुर र दमक नगरपालिकाको चार वटा दमकल, इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएका प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

आगलागीबाट १५ कट्ठामा फैलिएको फ्याक्ट्रीमा रहेका मेसिनरी सामान, कच्चा पदार्थ, तयारी सामान सम्पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण नआए पनि करोडौँ मूल्य बराबरीको नोक्सानी भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here