बन्दकर्ताद्वारा झापामा कार तोड्फोड्,एक जना घाइते


२२ माघ २०७७, बिहीबार १३:२४ मा प्रकाशित

 

झापा । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोड्फोड् गरेका छन्।

बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोड्फोड् गरेका हुन्।

बिर्तामोडको पश्चिम बस पार्कमा भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन्। उनको हातमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

यता कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेको थियो।

सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि त्यसको विरोधमा आम हड्ताल सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका छन्।

बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here