धरानमा बन्दकर्ता र मजुदरबीच झडप


२२ माघ २०७७, बिहीबार १३:०३ मा प्रकाशित

 

सुनसरी । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ ।

नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो ।

बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो ।

अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here