काठमाडौं । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चाबहिल, बागबजार, सामाखुसीलगायत क्षेत्रबाट पनि नेता कार्यकर्ता पक्राउ गरिएको नेकपाले जनाएको छ ।





