ओली समूहको माघ २३ मा ‘बृहत् जनसभा’, दुई लाख मानिस सहभागी गराउने दाबी


१२ माघ २०७७, सोमबार १५:३९ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ मा काठमाडौँमा गर्ने ‘बृहत् जनसभा’ मा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको छ ।

ओली समूहको बागमती प्रदेश संगठन कमिटीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा हुनेछ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिए पनि तत्काल दाहाल–नेपाल समूहसँग एकताको सम्भावना नरहेको नेता ईश्वर पोखरेलले बताए ।

जनसभालाई व्यवस्थित गर्न विभिन्न समिति पनि गठन गरिएको छ । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने निर्णय गरेको छ ।

नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिलसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here