काठमाडौं । नेपालमा सोमबार थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा २ हजार ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४०१ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६४ हजार ५३८ पुगेको छ ।
त्यस्तै नेपालमा हाद ३ हजार २ सय ४० जना आइशोलेशनमा रहदा १ सय ३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ४८ हजार १ सय १३ वटा पिसिआर परिक्षण गरिएको छ ।





