प्रधानमन्त्री ओलीद्वारा राप्ती पुल उद्घाटन


१२ माघ २०७७, सोमबार १४:११ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवालाई जोड्नेछ ।

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ ।

पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here