वीरता जेडी जसीजद्धारा स्थापना दिवसमा वृद्धाश्रममा सहयोग


१० माघ २०७७, शनिबार २०:५१ मा प्रकाशित

झापा । वीरता लेडी जेसीजले १७ औं स्थापना दिवसको अवसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसर पारेर बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धाशरुलाई खाना खुवाउनुका साथै नगद सहयोग गरिएको अध्यक्ष स्वस्तिका आर्चायले जानकारी दिइन् ।

बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वराष्ट्रिय कार्यकारिणी उपाधक्ष्य संगिता पौडेल, जेसिज पूर्वअध्यक्ष समाज झापा अध्यक्ष बिनोद बस्नेत, नारी संचार गृह झापा अध्यक्ष भिमा शिवाकोटी, संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रममा जेसिज मीसन भिजन,नेपाल जेसीज र शाखाको प्रकरण युनिता दवाडीले गर्नुभएको कार्यक्रममा आस्था बाचन मुना चुडालले गरेकी थिइन् भने स्वागत कोषाध्यक्ष झुमा चूडालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव हीमा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here