सिएनएनका चर्चित पत्रकार ल्यारी किंगको निधन


११ माघ २०७७, आईतवार ०९:०४ मा प्रकाशित

एजेन्सी।अमेरिकी सञ्चारमाध्यम सि एन एन का चर्चित सञ्चारकर्मी तथा लेखक ल्यारी किंगको ८७ वर्षको उमेरमा निधन भएको छ। शनिबार निधन भएको उनका छोरा चान्सले सामाजिक सञ्जालमा फेसबुक मार्फत जानकारी दिएका छन्। उनको लस एन्जल्समा सिडर्स-सिन मेडिकल सेन्टरमा स्थानीय समय अनुसार शनिबार विहान मृत्यु भएको हो।

उनले सिएनएनमा दुई वर्षसम्म ल्यारी किंग लाइभ कार्यक्रम सञ्चालन गरेका थिए।

ओरा मिडियाले ल्यारीको देहावसानले धेरै दुःखी बनाएको र क्षति पुर्‍याएको बताएको छ।

६३ वर्ष सम्म रेडियो,टेलिभिजनको र डिजिटल मिडियामा काम गरेका थिए। हज्जारौं अन्तर्वार्ता गरेका, कयौं पुरस्कार प्राप्त गरेका र विश्वव्यापी चर्चित कार्यक्रममा सहभागी भएको बताइएको छ।

यस अघि उनलाई कोरोना र फोक्सोको क्यान्सर समेत भएको थियो। उनीलाई धेरै पटक हृदयाघात भएको थियो।

उनले सन १९८७ मा क्विन्टअपल बाइपास सर्जरी पनि गराएका थिए। उनले बीमा विहीनहरूलाई सहयोग प्रदान गर्न ल्यारी किंग कार्डियक फाउन्डेसन स्थापना गरेका थिए।

जीवनमा सात श्रीमती तर आठ पटक बिहे र सम्बन्ध विच्छेद गरेका पत्रकार ल्यारी किंग सि एन एन को आईकोन मानिएको बिश्व चर्चित ूल्यारी किँङ शोू का चर्को प्रस्तोता मानिन्थे । डेढ बर्ष अघि पनि सबैभन्दा लामो समय २२ बर्ष आफुसँग बिताएकी दुई छोराकी आमा उनकी सातौं श्रीमती सावन साउथ विकसँग पनि ८५ बर्षको उमेरमा डिभोर्स गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here