२ सय ३२ जना संक्रमित थपिए, थप ८ जना कोरोना संक्रमितको मृत्यु


१० माघ २०७७, शनिबार १७:१७ मा प्रकाशित

काठमाडौं । नेपालमा शनिबार थप २ सय ३२ जनामा कारोना पुष्टि भएको छ ।

मुलुकभर ३५ सय ४१ जनामा कोरोना परिक्षण गर्दा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ३ सय ८६ जना उपचारपछि निको भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ३ हजार ४५२ जना आइशोलेशनमा छन् भने १ सय ४७ जना क्वारेन्टाइनमा छन् । यस्तै, देशभर हाल १ सय ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।

नेपालमा हालसम्म २० लाख ३८ हजार ८ सय ४२ वटा पिसिआर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here