बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज सूर्योदय संवाददाता १० माघ २०७७, शनिबार १२:२४ मा प्रकाशित काभ्रे । बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन ।