प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै


८ माघ २०७७, बिहीबार १०:४८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। । आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन ।

लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुनेछ भने एपीएफ क्लब र गण्डकी प्रदेशको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।दुबै खेल बिहान ९ बजे सुरू हुनेछ ।

लुम्बिनी र पुलिस दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here