अस्ट्रेलियाविरुद्धकाे टेस्ट शृङ्खला भारतलाई


६ माघ २०७७, मंगलवार १५:५५ मा प्रकाशित

काठमाण्डौ । अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला भारतले जितेको छ ।

चौथो टेस्ट मङ्गलबार तीन विकेटले जितेसँगै चार खेलको शृङ्खला भारतले २–१ ले जितेको हो । ब्रिस्बेनमा तीन सय २८ रनको लक्ष्य पछ्याएको भारतले पाँचौ दिनको अन्तिम समयमा सात विकेट गुमाएर भेट्यायो ।

भारतको जितमा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त नायक बने, उनले अविजित ८९ रन बनाए । यस्तै शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाए ।

अस्ट्रेलियाका प्याट कमिन्सले चार, नाथन लायनले दुई र जोश हजलउडले एक विकेट लिए पनि जितको लागि पर्याप्त भएन ।

अस्ट्रेलियाले ब्रिस्बेन क्रिकेट मैदानमा ३२ वर्षपछि पहिलो पटक टेस्ट शृङ्खला गुमाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here