पीएम कप क्रिकेटः आज लुम्बीनी र प्रदेश २ तथा गण्डकी र कर्णाली भिड्ने


६ माघ २०७७, मंगलवार १४:०२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुनेछन् ।

आज कीर्तिपुर मैदानमा लुम्बीनी प्रदेशले प्रदेश–२ सँग खेल्दा मूलपानी मैदानमा गण्डकी र कर्णाली भिड्नेछन् । समुह बी मा रहेको लुम्बीनी र प्रदेश २ को आज पहिलो खेल हो ।

उता समुह ए को गण्डकीले भने आज तेस्रो खेल खेल्दैछ । कर्णालीको आज दोस्रो खेल हो । प्रतियोगिता अन्तर्गत हिजोका खेलहरुमा बागमती प्रदेश र गण्डकी प्रदेश विजयी भए ।

राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्यता रहेको बागमतीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा हिजो सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित ग¥यो । हिजै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर–१ माथि २ विकेटको रोमाञ्चक जित निकाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here