विश्वकै दोस्रो अग्लो माउन्ट केटुको शिखर चुम्दै १० नेपालीले रचे इतिहास


४ माघ २०७७, आईतवार ०८:१७ मा प्रकाशित

नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन्। आरोहणसँगै उनीहरुले इतिहास पनि रचेका छन्।

यस शिखरमा हिउँद याममा आजसम्म कसैले आरोहण गर्न सकेका थिएनन्।

तर नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ त्यहाँको समयअनुसार पौने छ बजे यो शिखर चुमेका हुन्।

माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ। १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिनै आरोहण गरेका छन्।

आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरेका हुन्। सुरुमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखरमा पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here