फाइनल प्रवेशका लागि आज दिल्ली र हैदरावाद भिड्दै


२३ कार्तिक २०७७, आईतवार ११:०२ मा प्रकाशित

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

खेल आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो भने हैदरावाद इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो।

फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज दुवै टिम जितको खोजीमा हुनेछन्। आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि साविक बिजेता मुम्बइ इण्डियन्सको सामना गर्नेछ। लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ । प्रतियोगिताको फाइनल खेल पर्सि मंगलबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here