कोरोना संक्रमणका कारण जनप्रतिनिधिको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए।

६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ। शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here