नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गए


२१ कार्तिक २०७७, शुक्रबार ०९:३९ मा प्रकाशित

 

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।

उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले खरिद गरेको हेलिकप्टर हो ।

३ हजार ८ सय ८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गर्ने र हिमालको दृष्य अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् ।

नेपाल आएलगत्तै उनले पशुपतिनाथ र बसन्तपुर क्षेत्रको भ्रमण गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here