फेरी सुनको मूल्य बढ्यो


१९ कार्तिक २०७७, बुधबार १२:१९ मा प्रकाशित

काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको भन्दा यो मूल्य ९०० सय रूपैयाँले बढी हो ।

यस्तै तेजावी सुन पनि आज प्रतितोला ९०० रूपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here