अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए चुनावमा चोरी को आरोप


१९ कार्तिक २०७७, बुधबार १३:३६ मा प्रकाशित

 

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। राष्ट्रपति पदका उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक जो बिडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ।

वाइडेनसँग अहिले पनि ट्रम्प पछाडि छन्। बिडेनले २२४ भोटका साथ अग्रता बनाइरहँदा ट्रम्प ७ भोटले पछि परेका छन्। सुरुमा ठूलो मतान्तरले पछि परेका ट्रम्पले पछिल्लो समय पकड बनाउँदै लगेका छन्।

बिडेनले २२४ इलेक्ट्रोरल भोट पाउँदा ट्रम्प २१३ भोटसहित पछ्याउँदैछन् । अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्छ।

यो पटक राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्‍ने पक्का गर्न कठिन भएको छ। बिडेनले निर्वाचन जित्ने दाबी गरेका छन्। डेलभेरबाट सम्बोधनका क्रममा बिडेनले भने, ‘हामी जहाँ छौँ, हामी खुसी छौँ। हामीलाई विश्वास छ यो निर्वाचन जित्ने दिशामा छौँ।’

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि चुनावमा चोरी को आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here