भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आइपुगे


१९ कार्तिक २०७७, बुधबार १२:१६ मा प्रकाशित

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आएका हुन्। नरवणे आज बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली सेनाले जनाएको छ।

उनी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका छन् । रवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ।

नरवणेले भोलि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here