मुम्बईलाई १० विकेटले हराउँदै हैदरावाद प्लेअफमा, कोलकता बाहिरियो


१९ कार्तिक २०७७, बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं । युएईमा जारी १३ औँ सिजनको आइपिएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सविरुद्ध सनराइजर्स हैदराबाद १० विकेटले विजयी भएको छ।

यो जितसँगै हैदराबाद ‘प्लेअफ’मा समेत प्रवेश गरेको छ। हैदराबादसँगै आइपिएल २०२० को ‘प्लेअफ’मा मुम्बई, दिल्ली र बैंग्लोर प्रवेश गर्न सफल भएका छन्।

यदि आज हैदराबाद पराजित भएमा कोलकाता नाइट राइडर्स ‘प्लेअफ’मा प्रवेश गर्ने थियो। तर, हैदराबाद विजयी हुँदा कोलकताको सपना चकनाचुर भएको छ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले १७ दशमलव १ ओभरमा बिनाविकेटको क्षतिमा लक्ष्य गुमाएर भेट्टायो।

उसका लागि ओपनिङ ब्याट्सम्यानद्वय डेविड वार्नर र ऋद्धिमान साहले उत्कष्ट ब्याटिङ गरे। वार्नरले ५८ बलमा १० चौका र १ छक्कासहित अविजित ८५ र साहले ४५ बलमा ७ चौका र एक छक्कासहित नटआउट ५८ रनको योगदान दिए।

यसअघि शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो। उसका लागि सूर्यकुमार यादले ३६, इशान किशनले ३३, क्विन्टन डिककले २५ रन नबाए।

त्यस्तै, किरण पोलार्डले २५ बलमा २ चौका र ४ छक्कासहित ४१ रनको योगदान दिए। पोलार्डले १९ औँ ओभरमा तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए।

बलिङमा सन्दीप शर्माले ३, जेसन होल्डर, शाहबाज नदीमले २र२ र राशिद खानले विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here