फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए


१९ कार्तिक २०७७, बुधबार ०९:५९ मा प्रकाशित

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।

फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here