कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो, आज २० थपिए


१८ कार्तिक २०७७, मंगलवार १८:३८ मा प्रकाशित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हिजो अहिलेसम्मकै सबैभन्दा धेरै २४ जना संक्रमितको मृत्यु भएको थियो। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड१९) बाट जेठ १ गते पहिलो मृत्यु भएको थियो। २०७६ माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गएको थियो।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया महिला थिइन्। उनी त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको जेठ १ गते राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको थियो।

नेपालमा पछिल्लो चौबीस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । त्यसैगरी आइसीयूमा ३७२ र ६८ जना भेन्टीलेटरमा उपचाररत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here