कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ


१८ कार्तिक २०७७, मंगलवार १७:४७ मा प्रकाशित

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ ।

सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए ।

माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भए संगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए ।

केही समय पश्चाच श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी निजले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी २०७७ कार्तिक १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here