काठमाडौं । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई उक्त रकम सहित पक्राउ गरिएको ब्यूरोका निर्देशक डीआइजी सहकुल थापाले बताए।
उनीहरूलाई १७ कार्तिकमा काठमाडौं ओमबहालबाट नियन्त्रणमा लिएको हो। पक्राउ आरोपीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको थापाले जानकारी दिए।





